विजयनगर मा भव्य सहित ११२औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो
विजयनगर
सामाजिक न्याय र लैंगिक समानता दिगो विकासको सुनिश्चितता भन्ने मूल नाराका साथ कपिलवस्तुको विजयनगर गाउँ पालिकाको सभा हालमा ११२औं अन्तर्राष्ट्रीय महिला दिवस मनाइएको छ।
गाउपालिकाको आयोजना र इन्द्रेणी ग्रामिण विकास केन्द्र नेपालको समन्वयमा रेली सहित सभामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै विजयनगर गाउँ पालिकाका अध्यक्ष गोपाल बहादुर थापाले महिलाहरु हक अधिकार बाट वन्चित नहुनु पर्ने बताउदै महिलामाथि हुने हिंसा तथा उत्पीडनलाई अन्त्य गर्न तथा पीडकलाई कडा सजायको व्यवस्था हुनुपर्ने कुरामा जोड़ दिनु पर्ने बताउनु भयो ।महिला उत्थान कार्यक्रम अन्तर्गत महिला उद्यमशीलता तथा जीविकोपार्जनको कार्यक्रम चलाएको र आउँदा दिनमा यसलाई थप प्रभावकारी बनाउने उहाँले बताउनुभयो ।
कार्यक्रम लाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मि कुमारी चौधरीले महिलामाथि हुने भेदभावको अन्त्य गर्दै समानुपातिक, समावेशी र समतामूलक समाज निर्माणको सङ्कल्प गरेको भन्दै उहाँले महिलालाई समान वंशीय हक, पैतृक सम्पत्तिमा हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक प्रदान गरिएको बताउनुभयो । महिला अधिकारका लागि आफुहरु सधै लड़ने बताउनुभयो ।। कार्यक्रममा महिला कर्मचारी स्वयमसेविका , समाजसेवि शिक्षिका, आमा समूह , महिला अधिकारकर्मी , विभिन्न संघसंस्थाका पदाधिकारी, लगाएको उपस्थिति रहेको थियो । कार्यक्रम सुन्दरी खत्रीको स्वागत मन्तव्यमा यमकला रेश्मीले सन्चालन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























