नेपाल उत्पीडित जातीय मुक्ति समाज बुद्धभुमि नगर कमिटी गठन गरिएको छ ।

मंगलवार बुद्धभुमि -९ इमिलियामा आयोजित नगर स्तरीय भेलाले जनक परियार अध्यक्षमा रहने गरि ३५ सदस्यीय नगर कमिटी गठन गरिएको मुक्ति समाजले जनाएको छ । भेला बाट उपाध्यक्ष सुन्दरी विक सचिव निर्मला परियार काेषाध्यक्ष सिमा विक लाई सर्व सम्मति रूपमा छनौट गरि नगर कमिटी गठन गरिएको जिल्ला अध्यक्ष टिकाराम सुनारले जानकारी दिनुभएको छ ।
भेलालाई सम्बोधन गर्दै नेकपा एमाले पार्टी प्रदेश कमिटी सदस्य टेकराज पौडेलले जातीयको नाममा विभेद गर्न नहुने बताउनु भएको छ। दलितहरुलाई अपहेलना गर्न नहुने २१औं शताब्दीमा अपमान गर्नु विडम्बना भएको बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुक्ति समाज केन्द्रिय सचिवालय सदस्य तथा पार्टी जिल्ला सचिव चन्द्रबहादुर गहतराजले अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस सिमित महिलाहरुले मनाउने गरेको बताउनु भयो ।
समयसापेक्ष अनुसार मनाउनु पर्नेमा जोड दिनु भयो । महिलाहरु कुनै पनि उपभोक्त मा बसेर ईमानदारी पुर्वक काम गर्नु हुन्छ जुन इमानदारी नै उहाँहरुको गहना हो बताउनु भयो । समाजमा रहेर उत्पीडन का बीच अगाडी बढनु नै अति आवश्यक रहेको बताउनु । दलितहरुको एकताले नै परिवर्तन ल्याउने भएकोले संगठित हुनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पार्टीका नेता नगर कमिटी अध्यक्ष देवी बेल्बासे, सचिवालय सदस्य विकास आचार्य, बुद्ध भुमि नगर सह इन्चार्ज नर हरि भट्टराई, सचिवालय सदस्य कृष्ण भट्टराई, क्षेत्रीय सह संयोजक पिताम्बर खनाल लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।

भेला जिल्ला कमिटी अध्यक्ष टिकाराम सुनारको अध्यक्षता जिल्ला उपाध्यक्ष राम प्रकट कोरीको स्वागत मन्तव्य राम बहादुर वि.क को संचालनमा सम्पन्न भएको थियो ।