कपिलवस्तु –नेकपा एमाले शिवराज नगरपालिकाले टोलस्तरमा पार्टीको संगठन बिस्तार अभियान थालेको छ । पार्टीलाई टोल स्तरबाटै बलियो बनाउने र पार्टी संगठन बिस्तार एवं सुदृढिकरण अभियान अन्तरगत आज शिवराज नगरपालिका वडा नं नौडिहबा टोलमा यमलाल पौडेलको अध्यक्षतामा १९ सदस्यिय र वडा न ५ को मिलिजुली टोलमा शषिधर सापकोटा सापकोटाको अध्यक्षतामा १३सदस्यीय टोल कमिटी गठन गरेको हो ।

शिवराज नगर पालिका वार्ड न ५ नौडिहबा टोलमा गठन भएको टोल कमिटीले हस्त बहादुर बुढा मगर को अध्यक्षतामा ५सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।

टोल कमिटी गठन एवम भेलामा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा शिवराज नगर सह इन्चार्ज बाबुराम सापकोटा ,शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेल , उपाध्यक्ष माहादेब पोख्रेल , सचीव सरद अधिकारि , नगर कमिटी सदस्य नेत्र बेल्बासे , गोपाल बन्जाडे, सिता रेग्मी , खगि सुनार ,घनश्याम बेल्बासे, नवराज न्यौपाने , प्रदीप थामीलगायत रहभागिता रहेको भेला वडा कमिटी अध्यक्ष कृष्ण कार्की को अध्यक्षतामा सम्पन्न भएको हो । सोहि भेलामा नेपाली काङ्ग्रेस शिवराज ५ का सक्रिय पुराना सदस्य हस्त बहादुर बुढा नेपाली काङ्ग्रेस परित्याग गरि नेकपा एमाले मा प्रवेश गर्नु भएको थियो ।