११२औ अन्तराष्ट्रिय नारी दिवस को अवसरमा यशोधरा गाउँपालिका मा कार्यक्रम सम्पन्न।।
यशोधरा गाउँपालिका गाउँ कार्यपालिका को कार्यालय बैदौली मा ११२ औ अन्तराष्ट्रिय नारी दिवस को अवसरमा कार्यक्रम सम्पन्न भएको छ। सामाजिक विकास शाखा को आयोजना तथा प्रहरी चौकी मर्यादपुर , दलित सामाजिक विकास विकास केन्द्र , उपकार मा बि बचत ऋण सहकारी संस्था बैदौली, शान्ति पुन स्थापना गृह मर्यादपुर लगायतका संस्थाहरूको सहयोग मा कार्यक्रम सम्पन्न भएको छ। प्रमिला भटट को अध्यक्षतामा यशोधरा गाउँपालिका को सामाजिक विकास शाखा प्रमुख कृष्णानाथ पाण्डे, महिला तथा बालबालिका शाखा प्रमुख राहुल पाठक, मर्यादपुर प्रहरी चौकी इन्चार्ज धर्म राज भण्डारी, शास्त्र प्रहरी डंगरी इन्चार्ज थानेश्वर सापकोटा, दलित सामाजिक विकास केन्द्र र हाम्रो पहुँच परियोजना को अधिकृत विन्दवासिनी हरिजन, प्रभाकर चौहान लगायतका उपस्थित रहेको थियो। त्यस्तै अथिति को रूपमा अन्जनी पाण्डे, मोहित मिश्रा, मालती गुप्ता,सुनिता के सी ,कमल पराजुली, प्रमोद हरिजन लगायतका उपस्थित रहेको थियो। महिला लाई सछम र सबल तथा देशको मुल धार सम्म कसरी पुर्याउने कुरा अगाडि बढाउन प्रतिबद्धता समेत जानकारी गराइएको छन्।।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























