युक्रेनका राष्ट्रपतिसँग सिधै वार्ता गर्न रुसी राष्ट्रपतिलाई भारतीय प्रधानमन्त्रीको आग्रह
एजेन्सी | भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग आज साेमवार कुराकानी गर्नुभएको छ ।
कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपतिसँग सिधै वार्ता गर्न सुझाव दिनुभएको छ । दुई नेताबीच भएको टेलिफोन वार्तामा मोदीले युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग सिधै वार्ता गरेर समस्याको निकास खोज्न अनुरोध गर्नुभएको रोयटर्सले जनाएको छ ।
रुसले युक्रेनमाथि आक्रमण गरिरहेका बेला प्रधानमन्त्री मोदीले चिन्ता व्यक्त गर्दै युद्ध अन्त्य गराउने प्रयास स्वरूप राष्ट्रपति पुटिनसँग वार्ता गर्नुभएको हो । रुसका राष्ट्रपति पुटिनले युक्रेनका राष्ट्रपतिसँग वार्ता गरेमा समस्या समाधान हुने विश्वास पनि प्रधानमन्त्री मोदीले व्यक्त गर्नुभएको छ ।
भारतीय प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा उहाँहरूका बीचमा झन्डै ५० मिनेट कुराकानी भएको उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























