शिवराज १ सोनपुरमा सामुदायिक भवन उदघाटन
कपिलवस्तु –कपिलवस्तुको शिवराज नगरवडा न १ सोनपुरमा १३ लाख ५० हजारको लागतमा निर्माण गरिएको सामुदायिक भवनको उदघाटन भएको छ ।
कामना ,खुसियाली र सनौलो स्वालम्बन समुहको वार्षिक साधारण सभाको अवसर पारेर शिवराज नगरपालिकाको उप्रमुख शिवकुमारी थारुले निर्माणधिन भवनको उदघाटन गर्नु भएको हो ।
उपोयर कोषबाट ५ लाख ५० हजार, शिवराज नगरपालिका वडा न १ को वडा कार्यालयको बजेट ६ लाख र नगर पालिकाको २ लाख संयुक्त बजेजबाट निर्माण सम्पन्न भएको सामुदायिक भवन उद्घाटन कार्यक्रममा बोल्दै नगर उप प्रमुख थारुले किर्डाक नेपालले समाज परिवर्तनमा महत्वपुर्ण भुमिका खेलेको भन्दै चर्चा गर्नु भयो । थारुले शिवराजका विभिन्न टोलमा किर्डाकले गठन गरेका समुहले खेलको भुमिका सकरात्म रहेको भन्दै भिन्नि बैठक तथा कार्यक्रम संचालन गर्न सजिलो होस भन्दै भवन निर्माको लागि बजेज ब्यवस्थापन गरेको बताृनु भयो । उप प्रमुख थारुले समाज रुपान्तरण गर्न किर्डाकको धेरै योगदान भएकाले बिकास र परिर्वनको लागि साझेदारी अगाडि बढ्नु पर्ने कुरामा जोड दिनु भयो ।
यस्तै शिवराज –१ का वडा अध्यक्ष जगत बहादुर जि सीले किर्डाकले वडा १ मा रहेका नागरीकको जिवन स्तर उकास्न भहत्वपुण कार्य गर्नुका साथै सामाजिक बिकासमा सधै सकारात्मक भुमिका खेलेको बताउनु भयो । सामुदायिक भवनको भवन उदघाटन पश्यात नव निर्मित भवनमा वडाका विभिन्न कार्यक्रम संचालन गर्न स्थानिय लाभान्वित हुने बताउनु भयो ।
भवनको उदघाटन कार्यक्रममा बोल्दै ब्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले विद्यालय, मठ मन्दिर र सामुदायिक भवन निर्माणले स्थानीय सवै वर्गका व्यक्तिहरुलाई फाईदा पुग्ने बताउनु भयो । ‘यस्ता खालका सामुदायिक पूर्वाधार निर्माणले स्थानीय सवैलाई राहत पुग्ने बताउनु भएको थियो । कार्यक्रममा किर्डाक नेपालका जिल्ला संयोजक कृष्ण रावलले गत वर्ष देखि उपमेयर कोषबाट निर्माण सूरु भएको भवन बजेट अभावमा पुरा हुन सकेको थिएन यस वर्ष वडा र नगर बाट बजेट ब्यव्स्थापन पछि भवन निर्माण गर्न सफल भएको बताउनु भयो ।
किर्डाक नेपालका जिल्ला संयोजक कृष्ण रावलको अध्यक्षतामा भएको कार्यक्रममा शिवराज नगरपालिका उप प्रमुख शिव कुमारी थारुको प्रमुख आथित्यता रहेको कार्यक्रममा शिवराज नगरपालिका वडा न १ का वडा अध्यक्ष जगत जि सी ,कार्यपालिका सदस्य लक्ष्मी हमाल , ब्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, तिन वटै समुह कामना ,खुसियाली र सनौलो स्वालम्बन समुहलगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























