कपिलवस्तुका ३१ किशोरीलाई साइकल
कपिलवस्तु-
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ११ वडा कार्यालयले विभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरूका लागि साईकल वितरण कार्यक्रम गरेको छ । वडा कार्यालयको रु ३ लाखको लागतमा खरिद गरिएको साइकल वितरण गरिएको वडाअध्यक्ष रामेश्वर बर्माले जानकारी दिनुभयो ।
वडाले वडाका ३१ जना किशोरीलाई साइकल वितरण गरेको वडअध्यक्ष बर्माले जानकारी दिनुभयो । समाजसेवी तथा नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सचिव प्रेम बहादुर रायमाझीले शिक्षामा पहुच पु्र्याउने उदेश्यले वडा स्तरबाट साइकल वितरण गरिनु उदाहरिण कार्य भएको बताउनु भयो । वडा का गरिब, ज्यहेन्दार किशोरीको अबको शिक्षा राम्रो हुने विस्वास व्यक्त गर्नुभयो ।
साइकल वितरण कार्यक्रममा स्थानिय समाजसेवी राम प्रित मिश्रा, बिक्रम पाण्डे, राम प्रसाद अहिर, भगवती कुर्मी, जगनारायण कुर्मी, शिव प्रसाद कर्मी, शिव गोबिन्द कर्मी लगायतको सहभागीता रहेको थियो । साइकल पाइपछि किशोरीहरु खुसी भएका थिए । किशोरीहरुले आउने दिनमा निरन्तर बिद्यालय जाने प्रतिबद्धता व्यक्त गरेका छन ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























