कपिलवस्तुको विजयनगर गाँउपालिका वडा न. ३ पत्थरदेइयमा श्री जनता आधारभूत प्राथामिक विद्यलायमा शनिवार निशुल्क आंखा जाचं शिवीर सम्पन्न भएको छ । नेपाली कांग्रेसका युवा नेता इराल अहमद खानको अयोजना तथा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरको  श्री रण अम्बिका शाह आखा अस्पताल कृष्णनगर शाखाको प्राविधिक सहयोगमा निशुल्क आंखा जाच भएको हो ।

२१० जनाले निशुल्क आंखा जाच गराएका छन जसमध्ये ५० जना मोतिया विन्दुका विरामीलाई निशुल्क आप्रेशन गर्ने समाजसेवी देवेन्द्र मणि त्रिपाठीले बताउनु भयो । आंखा जाचको क्रममा  छनौट भएका मोतिविन्दु विरामीहरुलाई श्री रण अम्बिका शाह आखा अस्पताल कृष्णनगर शाखामा निशुल्कआप्रेशन गर्ने त्रिपाठी जानकारी दिनुभयो ।