कपिलवस्तुको शिवराज नगरपालिका ९ रमुवादह निवासी ढिकरु चौधरी दम्पती एक महिना देखि सम्पर्क विहिन भएका छन् । ४५ वर्षीय ढिकरु र ३७ वर्षीय श्रीमती शिवरत्नी थारु गत माघ१५ गते देखि सम्पर्कमा नरहेको वडा अध्यक्ष चुर बहादुर खड्काले बताउनुभयो । शारिरिक अशक्त तथा बोल्न र सुन्न नसक्ने दुबै जना उमरी चोक देखि बस चढेर पश्चिम तर्फ गएको भन्ने सुचना आएपनि अहिले सम्म फेला नपरेको उहाँले बताउनुभयो ।अहिले उनीहरुका तीन छोरी र एक छोरा विचल्ली भएकोले देख्नुहुने जो कोहिले पनि नजिकिकै प्रहरी कार्यालयमा बुझाउन आग्रह गर्नुभएको छ ।