छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चारजनाको मृत्यु
काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार ललितपुर‚ रौतहट‚ रुपन्देही र बाग्लुङमा एक एक जनाको मृत्यु भएको हो।
प्रहरीका अनुसार बिहीवार साँझ ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित नमस्ते पेट्रोल पम्पअगाडि सडकमा नम्बर नखुलेको स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो। मृत्यु हुने रौतहटको चपुरकफ ६ वर्षीया अनुस्का जैसवाल रहेको प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने सवारी साधनको खोजी गरिरहेको प्रहरीले बताएको छ।
यस्तै, बिहीवार साँझ नै रुपन्देहीको सैनामैना नगरपालिका-४ रन्यौरास्थित सडकमा लु २ ख ४३२६ नम्बरको टिपरले ठक्कर दिँदा साइकलमा सवार सैनामैना-७ देउपारकी २६ वर्षीया दिलकुमारी चौधरीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको साझा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। साइकल चालक दिलकुमारीका पति २७ वर्षीय बद्री चौधरी र छोरी ४ वर्षीया जेनिसाको सोही अस्पतालमा उपचार भइरहेको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै, बाग्लुङको गल्कोट नगरपालिका-६ दर्मुस्थित सडकमा ग २ त २९७८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खस्दा चालक ४५ वर्षीय जगदिश चौधरीको घटनास्थलमै मृत्यु भएको छ। गल्कोट-५ हरीचौर बस्दै आएका उनी दाङका भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























