१२ औँ कपिलवस्तु महोत्सव चैत्र ३ देखि १३ गतेसम्म हुने
कपिलवस्तु ।
१२ औँ कपिलवस्तु महोत्सव चैत्र महिनामा हुने भएको छ । कपिलवस्तु उद्योग वाणिज्य संघको बैठकले चैत्र ३ देखि १३ गतेसम्म महोत्सव संचालन गर्ने निणर्य गरेको हो ।
यस अघि माघ १२ गतेदेखि २२ गते सम्म महोत्सव संचालन गर्ने गरी तयारी गरिए पनि कोरोना संक्रमणका लागि महोत्सव स्थगित गएिको थियो । अहिले कोरोना संक्रमणको अवस्था सामान्य भएकाले महोत्सव संचालन गर्न लागिएको कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलक घिमिरेले बताउनुभयो । महोत्सव संयोजक छवि रेश्मीका अनुसार महोत्सव संचालनका लागि तयारी तिव्र पारिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























