कपिलवस्तु विजयनगर

कपिलवस्तुको विजयनगर गाउँपालिकामा जनता समाजवादी पार्टी को वडा भेला सम्पन्न भएको छ । बुधबार पालिकाको वडा नं १ नेवलागन्जमा भेला सम्पन्न भएको जसपाले जनाएको छ । भेलालाई सम्बोधन गर्दै जसपा को जिल्ला उपाध्यक्ष राम निवास पुरीले गाउँपालिकामा पार्टीलाई थप मजबुत बनाउनु पर्ने आवश्यक रहेकोे बताउनु भयो ।

निर्वाचनमा सफलता लिनको लागि रणनीतिक योजना सहित सबैको मन जित्न सके ठुलो उपलब्धि हुने पुरीले दाबी गर्नुभयो । हाम्रो लडाई पद र कुर्सीको होइन, समाज र सामाजिक विकृति परिवर्तनको लागि हो उनले भने ।
जिल्ला सदस्य असनी कुमार चाई विजयनगर जसपा अध्यक्ष सन्तराम तेली को विशेष उपस्थिति रहेकोे थियोे भने
जसपा वडा अध्यक्ष राज कुमार भुजको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।