बानेश्वरमा शंकास्पद वस्तु राखेको आरोपमा एकजना पक्राउ
काठमाडौं : नयाँ बानेश्वरको संसद भवन अगाडि शंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपामा आबद्ध सुवास महत रहेको महानगरीय अपराध महाशाखाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
काभ्रे घर भएका महतलाई महाशाखाको टोलीले बुधबार विशेष सूचनाका आधारमा गौशालाबाट पक्राउ गरेको हो। उनको साथबाट एक मोटरसाइकल, हेल्मेट र विभिन्न कम्पनीका चारवटा मोबाइल सेटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
संसदबाट अमेरिकी परियोजना एमसिसी अनुमोदन गरेको विरोधमा विभिन्न राजनीतिक दलहरूले फागुन १६ गते नेपाल बन्दको आयोजनामा
संसद भवनअगाडि ‘नो एमसीसी’ लेखेर राखिएको शंकास्पद प्रेसर कुकर भेटिएको थियो। उक्त शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको थियो। डिस्पोजका क्रममा कुकरभित्र प्लास्टिक र कागज मात्र पाइएको थियो।
पक्राउ परेका महतमाथि थप अनुसन्धान कार्य भइरहेको पनि प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























