कपिलवस्तु । कपिलवस्तु जिल्लामा रहेको हिन्दुहरुको आशा को केन्द्र को रुपमा प्राचीन तौलेश्वरनाथ मन्दिर रहेको छ । महाशिवरात्री को अवसरमा नेपालको सबै शिव मन्दिरहरुमा पुजापाठ गर्ने भक्तजनहरुको घुइँचो लागेको छ ।

महाशिवरात्रीको अवसरमा जिल्लाको सदरमुकाम तौलिहवा मा स्थित प्राचिन तौलेश्वरनाथ महादेवसहित जिल्ला भित्र रहेको सबै शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको छ । नेपालकै ठूलो शिवलिङ दाबी गरिएको मन्दिरमा १० हजार भन्दा बढी भक्तजनहरुले पूजापाठ गरेको समितिले जनाएको छ।

तौलेश्वनाथ मन्दिर हिन्दु धर्मावलम्बीहरुको आशा को केन्द्र को रुप मा रहेको पाइन्छ । मन्दिरमा सहजरूपमा पुजापाठ गर्नको लागि भक्तजनहरुको लागि सुरक्षाकर्मी समेत लगाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिरमा छिमेकी देश भारत, रुपन्देही , अर्घाखाँची जिल्ला लगायत अन्य जिल्ला हरुबाट मान्छेहरु पुजापाठ गर्नको लागि आएका छन् । साधु, सन्त, भक्तजनहरुको सोमवार राति देखि नै भिड लागेको थियो ।