कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा रहेको बाल हंस साङ्गबेद आश्रम (स्वर्गद्वारी) का बटुकलाई खानाको ब्यवस्थापन गरिएको छ ।

खरेन्द्रपुर आश्रममा महाशिवरात्री विषेश भजन कृतन कार्यक्रममा बटुकहरुलाई खाना खुवाउने स्थानीय नागरिकहरु एक जुट भएका हुन ।

संस्कृत गुरुकुल शिक्षा अध्ययन हुने आश्रममा बटुकलाई खानाको लागि समस्या भएपछि शिवराज नगरपालिका ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले खानाको ब्यवस्थापन गर्न आह्वान गर्नु भएको थियो ।

वडाअध्यक्ष सापकोटाले बटुकलाई खानाको ब्यवस्थापन गर्न स्वयम् नै इच्छुक रहेको भनेपछि महाशिवरात्रीको भजन कृतनमा सहभागी भएका अन्य भक्तजनले समेत खाना खुवाउने बताएका थिए ।

एकद्वार प्राणाली अपनाई बटुक र गुरुहरुलाई खानाको ब्यवस्थापन गरिने वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनुभयो ।

त्यस्तै कपिलवस्तु शिवराजका समाजसेवी तथा रोटरी क्लब अफ कपिलवस्तुका पुर्व अध्यक्ष प्रकाश पौडेलले आगामी बैशाख महिना भरी खानाको ब्यवस्थापन गर्ने जिम्मेवारी लिएको बताउनु भयो ।

बटुक र धर्म गुरुको खाना ब्यवस्थापन गर्न पाउनु शौभाग्यको भएको समाजसेवी पौडेलले बताउनु भयो ।

खरेन्द्रपुरमा रहेको बाल हंस साङ्गबेद आश्रम (स्वर्गद्वारी)मा २५ जना बटुक र १० जना गुरु रहेका छन ।