कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ मा नेपाल कम्युनिष्ट पार्टी (विप्लप समूह)ले आफ्नै नेतालाई कालोमोसो र जुत्ताको माला लगाएको छ ।

वि.सं. २०५६ देखि विप्लप माओवादीमा रही श्रम कैदबाट भागेको र देश र जनताको लागि उठाएको सहयोग हिनामिना गरेको र पैसा उठाएर खाएको आरोपमा गुल्मीका मालारानी गाउँपालिकाका विक्रान्त प्रशान्त भनिने आफ्नै नेतालाई कालोमोसो र जुत्ताको माला लगाएको विप्लप समूहका नेता बाणगंगा नगर सेक्रेटरी शेरमानले बताए ।

स्थानीय तहको चुनावको तयारी सुरु भएसँगै कपिलवस्तुमा विप्लप समूहका गतिविधि सुरु हुन थालेका छन् ।

कपिलवस्तुमा विप्लप समूहले आफ्नै नेतालाई लगायो कालोमोसो र चप्पलको  माला (भिडियो)https://www.youtube.com/watch?v=zQiqURjJofE&t=6s