विजयनगर गाउँपालिकाको ५० प्रतिशत अनुदानमा सुरक्षित खानेपानीको लागि वायोस्याण्ड फिल्टर वितरण कार्यक्रम संचालन
कपिलवस्तु,विजयनगर
विजयनगर गाउँपालिकाको५० प्रतिशत अनुदानमा सुरक्षित खानेपानीको लागि वायोस्याण्ड फिल्टर वितरण कार्यक्रम संचालन गरिएको छ ।गाउँपालिकाको आयोजना र पाेषण वायोस्याण्ड फिल्टर प्रबर्धन तथा स्वच्छता केन्द्रको समन्वयमा सोमबारदेखि वितरण कार्यक्रम थालिएको गाउँपालिकाले जनाएको छ ।
सुरक्षित खानेपानीको लागि वायोस्याण्ड फिल्टरलाई प्राथमिकतामा ल्याएको उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले बताउनु भयो । पानीबाट लाग्ने विभिन्न किसिमको रोग बाट बच्नुको साथै शुद्ध सफा खानेपानीको लागि यो अभियान सुरुवात गरिएको आगामी दिनमा निरन्तरता दिने चौधरीले बताउनु भयो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले यस कार्यक्रमबाट मुख्य २ वटा कुरालाई जोड दिन खोजिएको जस अन्तर्गत सुरक्षित खानेपानी घर घरमा पुगोस् अर्को चाहिँ गाउँपालिका भित्र भएको उद्योगलाई प्रोत्साहन गरेमा थप आय आर्जन हुनुको साथै उद्योमीलाई आफ्नो पेशा प्रती उत्प्रेरणा मिल्ने अपेक्षा लिएको बताउनु भयो ।
गाउँपालिकाले १० लाख विनियोजन गरि ५० प्रतिशतमा सुरक्षित खानेपानी पालिका भरि वितरण गर्ने लक्ष्य अनुसार कार्यको सुरु गरिएको भट्टराईले बताउनु भयो ।कार्यक्रममा सुरक्षित खानेपानीको फाइदा प्रयोग गर्ने विधिको बारेमा दयाराम शर्मा जानकारी दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























