कपिलवस्तु-आउने स्थानीय निकायका चुनावलाई लक्षित गरी कांग्रेस कपिलवस्तु नगर समतिले तौलिहवामा वडा बुथ ईकाई सभापति स्तरीय भेला संपन्न गरेको छ । भेलाले नगरका सबै १२ वटा वडामा २ देखि ४ वटा सम्म टोल समिति यही फागुन २८ गते सम्म गठन गर्ने निर्णय गरेको नगर अध्यक्ष खुर्सेद अहमद खाले बताए । यस्तै स्थानीय तहको निर्वाचनमा कांग्रेसको उम्मेदवार छनौटकालागि सिफारिस गरी जिताउने वातावरण तयार गर्ने समेत निर्णय गरिएको छ । यस्तै वडा र नगरबिच समन्वय गरिनु पर्ने र राम्रो उम्मेदवारलाई छनौट गनृ वातावरण तयार गर्नु पर्ने निर्णय गरिएको छ ।

सो अवसरमा नगर अध्यक्ष खाले सबैले मिलेर कांग्रेस उम्मेदवारलाई जिताउनु पर्ने बताए । उनले अब सबैले जनताको मन जित्ने काम गनर््ुृ पर्ने बताए । खाको अध्यक्षता र नगेन्द्र यादवको संचानलमा भएको कार्यक्रममा कांग्रेस वाड नम्बर ९ का अध्यक्ष देबेन्द्र पाण्डेय अनन्ता न्यौपाने, माधव पराजुली अनुप कुमार पाण्डेयल लागतयले कांग्रेस उम्मेदवारलाई तिजाउनु पर्नेमा जोड दिए ।