अझै उठेनन् सीमा स्तम्भ
मोहन बेल्वासे
भारतले नेपालका विभिन्न सीमा क्षेत्रमा अतिक्रमण र प्रयासहरु गरिरहदा कपिलवस्तुमा करिव दुई अघि ढलेका सीमास्तम्भ अझै उठन सकेका छैनन् ।
जिल्लाका सुदुर पश्चिमको सीमा छुट्याउदै बगेको दुई खोलमा ५ सीमा स्तम्भ ढलेका छन् । एउटाको टुप्पो भच्चिएको छ । २०७७ साल असार २८ गते खोलामा आएको बाढीले सीमा स्तम्भ क्षतिग्रस्त बनेका स्थानिय बताउछन् । झण्डै दुई वर्ष भईसक्दापनि सीमा स्तम्भ मर्मतसंभार हुन सकेको छैन् ।
विजयनगर गाउपालिका वार्ड नं. ५ ठाकुरापुर र भारतको बलरामपुर जिल्ला प्रतापपुरको सिमामा रहेका पिलर नं. ५७८/७ र ५७८/१० ढलेका छन् ।
त्यस्तै वार्ड नं. ७ गेडुवाजोत र प्रतापपुरको सिमा रहेको पिलर नं. ५७७/७ र ५७७/९ ढलेका छन् । उक्त पिलर जहाँ गाडिएका थिए त्यही ढलेको ठकुरापुर बताए ।
पिलर नं. ५७८/७ र र ५७८/१० पानी बाहिर देखिएको छ । ५७७/९ पिलरको टुप्पो मात्र देखिन्छ । बालुवाले पुरिएको छ । पिलर नं. ५७७/७ लाई पानीले डुबाएको छ । त्यस्तै विजयनगर गाउँपालिका वार्ड नं. १ चमरका जंगलमा २ वटा सीमा स्तम्भ क्षति भएको छ । उनीहरुको नम्बर भने थाहा हुन सकेको छैन् । अर्रा खोलामा आएको बाढीले एउटा सीमा स्तम्भ पुरिदै गएका छन् । अर्कोको टुप्पो भाच्चिएको छ । पानी वहाव र बाढीका कारण केही सीमा स्तम्भहरु सरेको विजयनगर का थर्क बहादुर खड्काले बताए ।
सक्दो छिटो बनाउनु पर्छ नभए यही समस्याले सीमा विवाद हुन सक्छ उनले थपे । आफुहरु ३० वर्ष अघिदेखि त्यसै सिमा आसपासमा घर बनाएर बसेको तर खोलाका कारण र सिमा विवादका कारण त्यहाँबाट केही वर सरेको समेत उनले सुनाए ।
सीमास्तम्भ रेखदेख गर्ने जिम्मा पाएको कपिलवस्तुका सशस्त्र प्रहरीका प्रमुख उपरिक्षक सुर्य बहादुर सेन वली ले भने आफु नयाँ आएकाले बुझने क्रममा रहेको बताए । उनले आफु एक पट्क मात्र त्यहाँ पुगेको र खोलामा पर्ने भएको हुदाँ बगाएर लैजाने समस्या रहेको बताए । यसमा चुनौती समेत छ उनले भने “ हाल रेकड राखेर अवस्थाको बारेमा माथिल्लो निकायमा जानकारी गराउने काम मात्र गरेका छौ, म यस अगाडी रौतहटमा थिए त्यहाँ पनी यस्तै अवस्था रहेको छ” । मर्मतका विषयमा उपल्लो निकायबाट कुनै जानकारी आएको छैन् । गृहमा जानकारी भैरहेको छ शसस्त्र प्रहरीको रिपोटिङ्ग अनुसार त्यस क्षेत्रमा गस्ती र सुरक्षाका काम भएको छ कपिलवस्तुका ं प्रमुख जिल्ला अधिकृत चक्रपाणी पाण्डेले भने “कोरोना र विविध कारणले ढिलाई भएको होला अव केही समयपछी केन्द्रिय वैठक हुदै छ समाधान होला ” ।
यता विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले सरकारले तत्काल पहलकदमी गरेर सिमा रक्षाका लागि लाग्नुपर्ने बताए । स्थानिय निकायका तर्फबाट जिल्ला प्रशासनमा आयोजित कार्यक्रम र सरोकारवाला निकायमा पट्क पट्क सिमा पिल्लर मर्मतका लागि लाग्नुपर्ने कुरा उठान् गरेको भएपनी हालसम्म कुनै पहल हुन नसक्नु दु.खद भएको बताए । सिमा क्षेत्र विकट जंगलमा रहेको हुदा रेखदेखमा समेत समस्या आएको उनको भनाई छ ।
भारतको पट्क पट्कको हेपाहा प्रविृति र हालै मात्र काश्मिर र नेपालकै लिपुलेक, महेन्द्रनगरपुल ,रौतहट लगाएतमा गरेको व्यवहारले पनी समयमै पिल्लर नउठ्दा र संरक्षणका माध्यम नअपनाउदा स्थानिय ससंकित भएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























