नेकपा एमाले युवा नेता थापालाई पितृ शोक
विसाल के।सी।
विजयनगर
नेकपा एमाले कपिलवस्तु जिल्ला सदस्य तथा युवा नेता लोकेश थापालाई पितृ शोक परेको छ । जिल्लाको विजयनगर गाउँपालिका निवासी थापाका बुबा टोप बहादुर श्रिषको ६० बर्षको उमेर शुक्रबार साझ आफ्नै निवासमा निधन भएको हो ।
स्वर्गिय श्रिष का तिन छोरा र एक छोरी छन । एमालेका जिल्ला सदस्य थापा श्रिषका जेठा सुपुत्र हुन ।
श्रिषको हिजो नै दाह संस्कार गरिएको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले जानकारी दिनु भयो । श्रिषको निधनले विजयनगर गाउँपालिकाले एक कर्मठ जुझारु समाजसेवी योद्धालाई गुमाएको थापाले बताउनु भयो । पार्टिका जिल्ला अध्यक्ष डम्बर शर्मा, सचिव सिबि गहतराज , लगायतले दिवंगत आत्मा चिर शान्तिको कामना गर्दै श्रद्धान्जली व्यक्त गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























