टी–२० विश्व कप छनाेटमा तेस्राे भएकाे नेपाली टाेली स्वदेश आइपुग्याे
काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । ओमानमा आयोजना भएको आईसीसी पुरुष टी–२० विश्व कप छनोट अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएकाे हाे ।
नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए । छनोटमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो । हिजो बिहीवार तेस्रो स्थानको लागि भएको प्लेअफमा ओमानलाई ९ विकेटले हराउँदै नेपालले तेस्रो स्थान हासिल गरेको हो ।
यसअघि सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) पराजित भएपछि नेपालको अस्ट्रेलियामा हुने टी–२० विश्व कप खेल्ने सपना अपूरै रहन पुग्याे ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























