कृष्णनगर कर्मामा रहेको पाँच मुखे शिवको मुर्ती ओझेलमा
सनिउल्ला धोबी,कपिलवस्तु-कपिलवस्तुको कृष्ण्न नगर नगपालिका कर्मामा रहेको पाँच मुखे शिवको मुर्ती ओझेलमा परेको छ । मन्दिरको प्रचार उचीत प्रचार प्रसार र सँरक्षणको अभावमा मुर्ती ओझेलमा परेको हो । चन्द्रौटा कृष्णनगर सडकखण्ड अन्तरगर्त डावरा देखि करिव ६ किलोमीटर पुर्वमा रहेको सो मन्दिर उचीत प्रचार प्रसारको अभावमा छायामा परेको हो ।
सयौ वर्ष पहिले स्थापना भएको सो मन्दिरमा रहेको पाच मुखे शिको मुर्ती र्दुलभ भएको स्थानीय वासिन्दाको भनाई छ । मन्दिरको स्थापना सयौ वर्ष पहिले भएको वताउदै स्थानीय वासी अवदेस कुमार उपाध्यायले मन्दिर र मुर्तीको उचीत सँरक्षण गर्न सकेमा पर्यटकहरु गउ भित्रने विश्वास गर्नुहुन्छ । उपाध्ययले आफुले लाम्मो समय देखि मन्दिरको प्रचारको समय खर्चीैएपनि प्रचार प्रसारले मुर्तरुप लिन नसकेको दावी गर्नुभयो ।
आफु ८० वर्ष वृद्ध भएको वताउदै अर्का स्थानीय विश्मवार सुक्लाले आफुले धैरे मन्दिरहरु दर्सन गरे पनि पाँच मुखे शिको मृर्तीै भएको मन्दिर नदेखेको वताउनुभयो । उहाले अवकोलनको लागी एकपटक आफनो गाउमा आउन आग्रह गर्नुभयो । मन्दिरको सँरक्षणमा कसैले सहयोग र पहल गरेमा राष्ट कै नमुना मन्दिर वन्नेमा स्थानीय वासिन्दा विश्वस्त रहेका छन ।
मन्दिरको हाल एकजना पुजारीले रेखदेख गर्दै आएका छन । सरक्षणको लागी वजेट नहुदा हाल मन्दिर लथालीङग अवश्थामा रहेको छ । मन्दिरको नाममा १० कठ्ठा जमिन समेत रहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























