नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघ विजयनगरको अध्यक्षमा चौधरी चयन
कपिलवस्तु विजयनगर।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमाले निकट जनवर्गीय संगठन नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघको गाउँपालिका स्तरीय भेला तथा अधिवेशन सम्पन्न गरिएको छ । शुक्रबारको भेला तथा अधिवेशनबाट हरि नारायण चौधरीको अध्यक्षतामा १९ सदस्यीयसहितको नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कमिटी चयन गरिएको जनाइएको छ ।
जसको उपाध्यक्षमा मन कुमारी मगर, सचिवमा सरोज बहादुर थापा, सह–सचिवमा हरिराम थारु र कोषाध्यक्षमा दीपा रानालाई चयन गरिएको नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघ जिल्ला कमिटी जानकारी दिएको छ ।
नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघ प्रदेश सचिवालय कमिटी सदस्य जञ्जीर प्रसाद थारुले सबै पार्टीमा आबद्ध सदस्यहरुलाई सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले पार्टीलाई बलियो बनाउनका लागि जनवर्गीय संगठनको महत्वपूर्ण भूमिका भएको बताउँदै अब सबैले पार्टी केन्द्रित क्रियाकलापमा सक्रियता देखाउन अनुरोधसमेत गर्नुभयो ।
उनले नवगठिन कमिटीका पदाधिकारीहरुलाई शुभकामना दिँदै नेकपा एमाले पार्टी मात्र देशमा समृद्धि ल्याई परिवर्तन गर्न सक्ने भिजन भएको बताउनुभयो । उहाँले अन्य पार्टीको कुनै भिजन नभएको जिकिर गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीमा मात्र देशको विकासमा कायापलट गर्न सक्ने योजना रहेको बताउनुभयो ।
यस्तै नेकपा एमाले जिल्ला कमिटी सदस्य लक्ष्मी कुमारी चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै एमाले पार्टीले सबै हकहितमा राष्ट्रको रक्षा गर्ने गरिब र सर्वहारा वर्गको पक्षमा वकालत गर्ने पार्टी भएकोले सँधै गरिबहरुको पक्षमा रहने बताउनुभयो ।
कार्यक्रमलाई नेकपा एमाले जिल्ला सदस्य मञ्जु चौधरी, थर्क बहादुर खन्गाहा, कर्ण बहादुर लामा लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघ जिल्ला अध्यक्ष कृष्ण बहादुर सोमैको अध्यक्षता, नेकपा एमाले जिल्ला कमिटी सदस्य उमा शंकर चौधरीको स्वागत मन्तव्य तथा आदिबासी जनजाति महासंघ जिल्ला कमिटीका सदस्य कुल बहादुर सोमैको सञ्चानमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























