दाङमा एक पसलमा आगलागी हुँदा १८ लाख रुपैयाँ बराबरको क्षति
दाङ – दाङको पर्सेनी बजारको एक पसलमा आगलागी हुँदा करिब १८ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
आज बिहान तुलसीपुर उपमहानगरपालिका-७ पर्सेनीमा सुमित्रा वलीको रिमा किराना पसलमा आगलागी भएको इलाका प्रहारी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
पसल रहेको घरमा जडान गरिएको बिजुलीको तार सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ । स्थानीयवासी र सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























