चर्चामा युवा नेता पौडेल
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटाका युवा व्यवसायी , समाजसेवी तथा एकीकृत समाजवादी पार्टिका युवा नेता सरोज पौडलको वडा अध्यक्षको पदका लागि चर्चा चलेको छ ।
शिवराज नगरपालिकाको मुख्य बजार भनेर चिनिएको वडा नं. ५ अन्य वडा अध्यक्षको भन्दा वडा नं. ५ को अध्यक्षको पदलाई निकै महत्वपूर्ण रूपमा हेरिन्छ । विभिन्न पार्टीबाट यस वडाको वडा अध्यक्ष पदका लागी दर्जन बढी आकाक्षी छन् ।
अझ रोचक त एउटै पार्टीबाट आधा दर्जन भन्दा बढी यस वडाको अध्यक्ष पदका लागी आकाक्षी देखिएका छन् । नगरको एक मात्रै ठुलो बजार पूर्व पश्चिम राजमार्गमा अवस्थित वडा । अनि वडामा नै नगरको प्रशासनिक कार्यालय रहनुले पनि यस वडाको अध्यक्ष पदमा धेरैको नजर टिकेको छ ।
दर्जन भन्दा बढी आकांक्षीहरूको भिडमा अहिले शिवराज नगरपालिकाको केन्द्र वडा नंं ५ को अध्यक्ष पदमा सरोज पौडेलको नाम चर्चामा रहेको छ । युवाहरू माझ परिचित र प्रिय भएकै कारण पनि उनको बढी चर्चा भएको हो ।
वडा अध्यक्ष पदको आकाक्षीहरु मध्ये बढी नै चर्चामा रहेका छन पौडेल । एक त युवा , युवाहरुको निकै मनपसन्द व्यक्ति ।पौडेलले २०६१ सालबाट एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु कपिलवस्तुको जिल्ला सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका हुन । २०६२ सालमा नेकपा एमालेको सङ्गठित सदस्यता पाएका पौडेल २०६५ मा शिवपुर गाउँ कमिटीको सचिव पदमा रहेर काम गरे । २०६७ सालमा क्षेत्रीय कमिटी सदस्य हुँदै क्षेत्रीय सचिव भएर जिम्मेवारी पुरा गरेका छन् । २०७८ मा नेकपा एमाले विभाजन पश्चात् पौडेल एकीकृत समाजवादीको कपिलवस्तु जिल्ला सचिवालय ,कपिलवस्तु युवा इन्चार्ज,सङ्गठन विभाग सदस्य तथा शिवराज नगर कमिटी अध्यक्ष पदमा छन् ।
पौडेल विभिन्न सामाजिक क्रियाकलापमा समेत सक्रिय रूपमा देखिएका छन् । चन्द्रौटामा रहेको राईजिङ स्टार क्लबका अध्यक्ष शिवराज जेसिजका अध्यक्ष,सामुदायिक रेडियो भ्वाइसका अध्यक्ष,अरनिको सहकारीका सचिव रहेर सामाजिक क्षेत्रमा काम गरिसकेका छन् भने हाल उनी नेपाल आदर्श बहुमुखी क्याम्पसका सञ्चालक समिति सदस्य र अर्घाखाँची सितगंगा सेवा समाजको सचिव पदमा रहेका छन् ।
सानै उमेर देखि सामाजिक काममा लागेका पौडेल सरल स्वभावका सबैसँग मिलनसार रहेकोले उनलाई राजनीतिमा होमिन समर्थकहरू दबाब छ । पछिल्लो समय युवा क्लब,वालक्लव तथा किशोर किशोरीहरुका लागि धेरै काम गरेका छन । शिक्षा संकाय वाट स्नातकोत्तर अध्यापन गरेका पौडेल ०६८ सालमा सुन्दरी डाँडामा १ वर्ष शिक्षण पेसामा समेत आबद्ध भए । पछिल्लो समय वडा तथा नागरिकहरूसँग भेटघाटमा व्यस्त रहेको बुझिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















