कपिलवस्तुको बोडगाउँमा कार र बलेरो ठोक्किए, एक जना घाइते
कपिलवस्तु ।कपिलवस्तुको बोडगाउँमा सवारी दुर्घटना भएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बोलेरो जिप र विपरित दिशातर्फ जाँदै गरेको कार एक आपसमा ठोक्दिा सो दुर्घटना भएको घटना प्रहरीले जानकारी गराएका छन् ।
सोमबार साँझ ७ बजे तिरको समयमा बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित बोडगाउँ पेट्रोलपम्प नजिकै सो दुर्घटना भएको हो । बा २० च ११०० नम्बरको कार र प्रदेश ३ ०१–०२२ च ५६०२ नम्बरको बोलेरो ठोक्किएको हो । दुर्घटनमा परी कारमा सवार एक जना घाइते भएका छन् । उनलाई उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पताल जितपुर लगिएको बताइएको छ । घटना स्थलमा ईलाका प्रहरी कार्यालय पिपराबाट प्रहरीको टोलि पुगेको छ । घटना बारे थप विवरण आउन बाँकी छ । यद्यपी बलेरोमा सवार व्यक्ति काठ्माण्डौबाट धनगढाीका लाग हिडेको बताइएको छ । कार चालकको पहिचान हुन बाँकी रहेको प्रहरीले जानकरी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















