सनिउल्ला धोबी-
कपिलवस्तुको शिवराज नगरपालिका १० सितलापुर गाँउमा आगलागी हुँदा एक गोठ जलेर खरानी भएको छ ।

गएराती ९ बजेर ४० मिनेट हुदाँ आगलागी भएको हो । आगो निभाउने क्रममा सितलापुरका बर्ष ३८ राजेश यादव घाइते भएका छन् ।

आगलागीबाट सितलापुर बस्ने चन्द्रभाल यादवको गोठमा रहेका ३ भैसीं र १ बाछो आगोले घाइते भएको स्थानीय राकेश रायमाझीले जानकारी दिनुभयो ।

गोठबाट पशु चौपायालाई निकाल्ने क्रममा आगोमा पोलिएर यादव घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
घाइते यादवको घाँटी, आगोले जलेको हुँदा उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको छ ।

सितलापुर गाउँमा विवाहका जन्ती तर्फकाले पडाका पड्काउँदा सो आगो लागेको स्थानीयले बताएका छन् ।
राती नै शिवराज नगरपालिकाबाट आएको दमकलले आगो नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।