स्तरउन्नती भएको सडकको अनुगमन
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ को बलुहवाडाँडाँमा स्तरउन्नती भएको सडकको अनुगमन गरिएको छ । अनुगमन गर्दै वडा अध्यक्ष टेकलाल सापकोटाले निर्वाचनको समयमा गरिएका वाचालाई पुरा गरिरहेको बताउनुभयो ।
नागरिकहरुलाई सहज रुपमा आवतजावत गर्नको लागि वडाका सबै गाउँहरु सडक सँग जोडेको बताउनुभयो । स्तरउन्नतीका सडकहरु कम रहेको र अब सबै सडकहरुलाई कालोपत्रे गर्ने योजना रहेको सापकोटाले बताउनुभयो ।
नगर,वडा,मेयर तथा उपमेयर कोष वाट थोरै थारै रकम विनियोजित गरेर अधुरा रहेका सडकहरुलाई पुरा गरेको बताउँदै बलुहवाडाडावासीहरुलाई अब सहज हुने विश्वास व्यक्त गर्नुभयो । साढे ६ लाखको बजेटमा ६ सय ५० मिटर सडक स्तरउन्नती भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















