कपिलवस्तु-शिवराज नगरपालिका वडा नं. २, गौरीहवामा नेकपा एमाले शिवराज –२ वडा कमिटीको आयोजनामा शोक तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।नेपाल कम्युनिष्ट पार्टी एमाले शिवराज नगरपालिका–२ वडा कमिटी अध्यक्ष रामकृण रेग्मी , एमालेका सक्रिय सदस्य बाबुराम रेग्मी र विष्णु रेग्मी को आमा ठगि कुमारी रेग्मीको २०७८ माघ २९गतेको दिन ७ ३बर्षको उमेरमा भएको असामयिक निधनमा पार्टीको तर्फबाट शोक तथा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो । शोक सभामा मौनधारण तथा स्व. ठगि कुमारी रेग्मीको फोटोमा माल्यार्पण समेत गरिएको थियो ।

शोक सभालाई सम्बोधन गर्दै स्वर्गीय रेग्मीको निधनले पार्टीलाई ठुलो चोट पुगेको शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो । दिवंगत आमा प्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै घर परिवार प्रति गहिरो समवेदना प्रकट गर्नुभएको थियो । उहाँ अनुसासन र बफदारीताको प्रेरणाका श्रोत भएकाले सोही अनुरुप सबैजना लाग्नु पर्ने बताउनु भयो ।

७ औं दिनको पुण्यतिथिको अबसरमा नेकपा एमाले शिवराज वडा न २ वडा कमिटीको आयोजनामा भएको श्रद्धानजली सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश भिा सदस्य एवम नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटी उप सचिव अर्जुन कुमार केसीले स्वर्गिय माता रेग्मी प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले गरेका असल कामहरुको चर्चा गर्नु भएको थियो । साथै सो कामको अनुशरण गर्नुपर्ने बताउनु भयो । सामाजिक तथा राजनैतिक क्षेत्रमा उहाँको क्रियाशिलता र सक्रियताले अहिलेको पिंढीलाई थप उर्जा थपेको बताउनु भएको थियो ।

नेकपा एमाले शिवराज नगरपालीका वडा न २ वडा कमिटीका उपाध्यक्ष कल्लु थारुको अध्यक्षता तथा शिवराज नगरपालीकाका नगर प्रमुख आतिथ्यता, जिल्ला कमिटी उप सचिव अर्जुन कुमार केसीको विशिष्ठ आतिथ्यता रहेको शोक सभामा नेकपा एमाले शिवराज इन्चार्ज टोपलाल पोख्रेल,नेकपा एमाले शिवराज नगर अध्यक्ष जगत पौडेल , उपाध्यक्ष महादेव पोख्रेल,उप सचिव वेल सिंह रावत, वडा न ३का वडा अध्यक्ष टेकलाल सापकोटा, एवम एमाले नेता विष्णु अधिकारी ,बलाराम मरासिनी,टोपकला खनाल ,नारायण सापकोटा लगायतको सहभागितामा सम्पन्न भएको शोक सभामाको संचालन नेकपा एमाले शिवराज नगरकमिटी सचिव शरद अधिकारीले गर्नु भएको थियो ।स्वगिर्य रेग्मिका ३भाई छोरा र ४बहिनी छोरीहरु हुनुन्छ ।