लुम्बिनी प्रदेश स्थापना दिवसकाे अबसर परेर गुल्मीमा ओखर राेपण कार्यक्रम सम्पन्न
गोकर्ण पाण्डे गुल्मी सम्वाददाता । लुम्बिनी प्रदेश स्थापना दिवसकाे अबसर परेर अर्जुन डाँडा सामुदायिक वन रेसुङा न पा वडा नम्बर ७ काे वन क्षेत्रमा डिभिजन वन कार्यालय गुल्मीका साहायक वन अधिकृत पकंज कुमार ठाकुरकाे सयाेजकमा ओखर जातका विरुवा राेपण कार्यक्रम भएको छ।
साहायक वन अधिकृत पकंज कुमार ठाकुरका अनुसार लुम्बिनी प्रदेश स्थापना काे अबसर परेर अर्जुन डाँडा सामुदायिक वनमा विरुवा राेपण गर्ने पाउँदा खुसि भएको बताउनु भयाे।लगाएकाे ओखरकाे विरुवा लाई सरक्षण गरेर राख्न उपभोक्ता हरु लाई ठाकुरले भने। उहाँका अनुसार ओखर अहिले प्रतिकिलाे ९०० देखि १००० रुपैयाँमा किन बेच भै रहेकाे छ। सरक्षण तरिकाले ओखर खेति गरे युवा हरु बिदेश जान नपर्ने उल्लेख गरे ।ओखर राेपण कार्यक्रम गुल्मीका विभिन्न ठाउँमा सञ्चालन भै रहेको छ।
ओखर काे बिरुवा लाई कसरी कुन तरिकाले लगाउने भने बारे डिभिजन वन कार्यालय गुल्मीका वन रक्षक घनश्याम आचार्य ले उपभोक्ता हरु लाई सिकाउनु भएको थियाे।आचार्य का अनुसार अर्जुन डाडा सामुदायिक वन लाई अझै विरुवा माग गर्ने उक्त कार्यक्रम बताउनु भएको छ।
उक्त कार्यक्रममा डिभिजन वन कार्यालय गुल्मीका साहायक वन अधिकृत पकंज कुमार ठाकुर,पक्षी सरक्षण सघका परियाेजना अधिकृत भरत पन्थी, रेन्जर डिभिजन वन कार्यालय गुल्मीका ज्ञान बहादुर रावत, रेन्जर विकास लामिछाने, वन रक्षक घनश्याम आचार्य,रेन्जर अस्मिता न्यैपाने पत्रकार गोकर्ण पाण्डे,अर्जुन डाँडा सामुदायिक उपभोक्ता हरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियाे।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















