ट्याङकरकोे ठक्कर बाट भरतपुर मा एक युवाको मृत्यु
चितवन /विनोद अधिकारी /ट्याङकरकोे ठक्कर बाट भरतपुर १८ भुवनबस्ती डेरी चोकको अम्बिसा गुरुङको मृत्यु भएको छ ।
चितवन ट्राफिक प्रहरी कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना७ ख ८१४१ नम्बरको तेल बोक्ने ट्याङकरले नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ३२ प ८२४८ नम्बरको मोटरसाइकललाई जलबिरेमा ठक्कर दिँदा ३१ वर्षीय गुरुङको ज्यान गएको हो । उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।दुर्घटनामा परि मृतक गुरुङको छोरी र श्रीमान् घाइते भएका छन् ।
उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















