ज्ञानेश्वर सहानी /नवलपरासी

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा “नगरबासीको सरोकार स्वच्छ,पारदर्शी,विकासमुखी स्थानीय सरकार “भने मुल नाराको साथ विपन्न परिवारका सुनौलो हजार दिनका गर्भवती आमाहरूलाई कम्बल तथा मास्क वितरण गरिएको छ l

रामग्राम नगरपालिकाको ‌आयोजनामा भएको कार्यक्रममा रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा विपन्न परिवारका सुनौलो हजार दिनका गर्भवती आमाहरूलाई कम्बल तथा मास्क वितरण गरेर शुभारम्भ गर्नुभएको थियो ।

रामग्राम नगरपालिका भित्र रहेको सुत्केरी महिलाहरुको लागि निःशुल्क सेवा प्रदान गर्न नि: शुल्क एम्बुलेन्स सेवा सञ्चालन यहि माघभित्र सञ्चालन हुन लागेको नगर प्रमुख गुप्ताले बताए।

रामग्राम नगरपालिकाले छोरी पढाउ छोरी बचाउ अभियान कार्यक्रम सञ्चालन भएको र छोरीको नाममा खाता खोलेर रु २५००० नगरपालिकाबाट जम्मा समेत गरी दिने उपमेयर रम्भा कुँवरले बताइन् ।

रामग्राम नगरपालिकाले जेष्ठ नागरिक संग मेयर कार्यक्रम सञ्चालन भएकोले ६५ वर्ष उमेर समुहका जेष्ठ नागरिकहरुलाई घर-घरमा पुगी स्वास्थ्य सेवा सञ्चालन समेत भएको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले बताए ।

सुनौलो हजार दिनका गर्भवती आमाहरूलाई जाडो मौसममा स्वास्थको खयाल राख्नका लागि कम्बल वितरण गरिएको छ।