सुर्यनगर २९,माघ
नेपाल रेडक्रस सोसाइटि महेन्द्रचोक उपशाखाको आयोजनामा १ दिने आत्महत्या रोकथाम तथा स्वहेरचाह कार्यशाला सम्पन्न भएको छ । भरतपुर १५ सुर्योदय टोल बिकास संस्थामा सुर्यनगरमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटि चितवन जिल्ला शाखाका उपसभापति बिदुर के सि रहनु भएको थियो ।महेन्द्रचोक उपशाखाका सभापति जीवन के । सी । र मनोसामाजिक सहयोग परियोजनाकि स्वयंसेवक प्रसम्शा न्यौपाने सहभागीहरुलाइ आत्महत्या भनेको के हो, यसका भ्रम र यथार्थ हरु के के हुन,नेपालमा आत्महत्या को दर कस्तो छ,आत्महत्या का कारण हरु के के हुन सक्छन्, यसको ब्यवहारिक र मौखिक लक्षण हरु के के हुन सक्छन,हामिले आत्महत्याको संचारमा के गर्नु हुन्छ,के गर्नु हुदैन, आत्महत्या न्युनिकरणमा हाम्रो भुमिका के हुन सक्छ लगायतका बिषयमा सहजिकरण गर्नुभएको थियो भने सहभागीहरूलाई म आत्महत्या रोकथाममा प्रतिबद्ध छु ू भनेर प्रतिबद्धता पनि प्रकट गराइएको थियो । सुर्योदय टोल बिकास संस्थाका कार्यसमिति एवं टोलबासी गरी कार्यक्रममा करिब २५ जनाको सहभागिता रहेको थियो ।सुर्योदय टोल बिकास संस्थाका अध्यक्ष चन्द्र प्रसाद बुर्लाकोटिको अध्यक्षतामा कार्यक्रम सम्पनन भएको थियो ।।।