gbl
गृहपृष्ठ
राजनीति
समाज
विचार
किनमेल
नेपाली ब्रान्ड
कला
ब्लग
खेलकुद
साहित्यपाटी
ग्लोबल
घुमफिर
tvs
दाङको जुत्ता-पसलमा आगलागी: सात करोडको क्षति भएको पीडितको निवेदन
arghakhachi
सेतोपाटी संवाददाता
सेतोपाटी संवाददाता
दाङ, माघ २८
nchl
29
Shares
facebook sharing buttontwitter sharing buttonemail sharing buttonsharethis sharing button

islington below news photo
Tata box 1jagdamba cement
दाङको तुलसीपुरमा मध्यरातमा भएको आगलागीबाट झन्डै सात करोड बराबरको धनमाल जलेर नष्ट भएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार पीडितले दिएको निवेदनमा सात करोड जति क्षति भएको उल्लेख छ।

जुत्ता चप्पलको गोदाम र कस्मेटिकको समेत गोदाम रहेका कारण दुबैको गरी सात करोड बराबरको क्षति भएको विवरण पेस पीडितले उल्लेख गरेको डिएसपी अर्यालले बताए।

तुलसीपुर उपमहानरपालिका वडा नं. ५ को ‘ङ’ स्थित एक घरमा भएको आगलागीका कारण तीन परिवारका गरगहना समेत जलेर नष्ट भएको पाइएको डिएसपी अर्यालले जानकारी दिए।

आगलागीमा परी चार बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ।

दुई परिवारका पाँच जनाको मृत्यु भएको हो। ६ जना भने ज्यान जोगाउन सफल भएका थिए।यसैबीच मृतकका आफन्तले पोष्टमार्टमपछि शव बुझेका छन्।