अर्घाखाँची जिल्लाको सन्धिखर्क खाँचीकोट फुदवाङमा बृहत् पोषण विशेष व्याकेज सम्वन्धी ३ दिने तालिमको उद्घाटन
अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको फुदवाङमा महिला सामुदायिक स्वास्थ्य स्वयमसेबीकाहरुलाई बृहत् पोषण विशेष व्याकेज सम्वन्धी कार्यक्रम एक कार्यक्रमको बीचमा ३ दिने तालिमको उद्घाटन गरिएको छ ।
खाँचीकोट स्वास्थ्य चौकीको आयोजना सुआहारको सहयोगमा आयोजना गरिएको कार्यक्रमको सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुलीले उद्घाटन गर्नुभएको थियो कार्यक्रमको उद्घाटन गदै प्रमुख पराजुलीले मानिसको जीवनमा पोषणको अत्यन्त महत्व रहेकोले तालिममा सिकेका कुराहरुलाई समाजमा लागु गरी समाजलाई कुपोषण मुक्त समाज निर्माण गनुपर्ने बताए ।
कार्यक्रम कार्यापालिका सदस्य बसन्ता केसीको अध्यक्षता ,स्वास्थ्य चौकी प्रमुख प्रेमचन्द्र विकको स्वागत मन्तब्य नरपानी स्वास्थ्य चौकी सिअनमी सरस्वती पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सचिब तुलशा श्रेष्ठ जनस्वास्थ्य निरिक्षक स्वास्थ्य सहसहयोजक धर्म पन्थीले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























