दिपक खड्का
शिवराज नगरपालिकाको दुई वटा वडा खानेपानी युक्त समुदाय एक कार्यक्रम बिच धोषणा गरिएको छ ।
सफापानीको अभावका कारण दुषितपानीको प्रयोग गर्नाले झाडापखाला आँउ,हैजा,टाईफाईट,ए जस्ता रोगहरुको संक्रमण हुन सक्ने वडा न ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले बताए ।
केही महिना अगाडी कपिलवस्तुको बहादुरगंजमा फैलिएको झाडा पखालाले मानिसको ज्यान समेत गएको हुनाले ७०%प्रतिशत रोग खानेपानी संङ्कलन दुषित खानेपानीको कारण कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाको बहादुरगंजमा झाडापखालाको प्रकोप फैलिएको बताए ।
समुदायमा सुरक्षित खानेपानी तथा सरसफाईको सुविधा उपलब्ध भएमा सुमुदायको पोषण अवस्था र विद्यालयको उपस्थिति दरमा सुधार हुने शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताए । नेपालको संविधानले सुरक्षित खानेपानीको पहुँचलाई अनुरुप सन् २०३० सम्ममा सम्पुर्ण जनसंख्यालाई सुरक्षित सेवा पुर्याउना “एक घर एक धारा” को नीति अवलम्वन गरेको बताए ।
सुरक्षित खानेपानी युक्त समुदायले निम्न मापदण्ड पुरा गर्नु पर्ने काजिराम रोकाले बताए । रोकाले समुदाय खुल्ला दिशामुक्त क्षेत्र हुनु पर्ने ।
खानेपानी संङ्कलनका स्रोतहरु जनावर तथा मानिसको आवत जावत नहुने (जनावर तथा मानिसको दिसा पिसाब नहुने,उपुक्त तारबार गरिएको आदि) ठाँउ हुनु पर्ने । सम्पुर्ण घरधुरीले सुधारिएको खानेपानीको स्रोत प्रयोग गरेको वा अन्य स्रोत भएता पनि आवश्यक प्रशोधन गरिएको हुनु पर्दछ । सम्पुर्ण धरधुरीले खानेपानीलाई सुरक्षीत रुपमा भण्डारण गरेको हुनु पर्ने र खानेपानी ई कोली आर्सेनिक तथा फ्लोराईड नभएको हुने पर्ने बताए ।
नेपाल सरकारले अगाडी सारेको कार्यक्रमलाई लुम्बिनी प्रदेशले मन्त्रिमंण्डल वाट पारित गरि अगाडी बढाइएको कार्यक्रम हो । शिवराज नगरपालिका अन्तर्गत २२ सय ६१ घरधुरी सुरक्षीत खानेपानी युक्त समुदाय भित्र पर्न सफल भएका छन् । शिवराज नगरपालिका भित्र ७२ जना खानेपानी टेस्टिङ्ग गर्न सक्ने क्षमता युक्त स्वयम सेवक तयार गरेको बताए ।

शिवराज नगरपालिकाकी उप प्रमुख शिवकुमारी थारुले सुरक्षित खानेपानी समुदायलाई दिगो वनाउन नगरपालिकाले सक्दो सहयोग गर्ने बताइन् । थारुले विश्व स्वस्थ्य संगठनको अनुसार हरेक वर्ष असुरक्षित खानेपानी सरसफाई तथा फोहोर छोए पछि हात नधुने अनीबानीको कारण झाडापखाला बाट विश्वमा ३ लाख ६१ हजार बालबालिका सहित ८ लाख ४२ हजार जनाको मृत्यु हुने गरेको बताईन् ।
शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले खानेपानी युक्त समुदाय घोषणा गर्दे यस क्षेत्रका वासिन्दाहरुको सरसफाई र स्वास्थ्य क्षेत्रमा उल्लेखनिय सुधार आएको बताए । शिवराज नगरपालिकाको पहलमा प्रदेश सरकारको तर्फ वाट शिवराज नगरपालिकाको धेरै वडाहरुमा स्वच्छ खानेपानीका लागी खानेपानी योजना अगाडी बढाइएको बताए । अधिकारीले युनिसेब नेपालको आर्थिक सहयोग र उत्पीडित समुदाय विकास तथा अनुसन्धान केन्द्रको प्राविधिक सहयोगमा गरिएको कार्यक्रम प्रभाकारी रहेको र यसलाई पालिकाले निरन्तरता दिने बताए ।