३५ सय रुपैयाँ घुससहित बाराबाट एक वडा सचिव पक्राउ
काठमाण्डाै –
३५ सय रुपैयाँ घुससहित बाराबाट एक वडा सचिव पक्राउ परेका छन् ।
बाराको कोल्ही नगरपालिका वडा नम्बर ११ का वडासचिव नायव सुब्बा विनोदप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३५ सय रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
साहले जग्गा नामसारीको सिफारिस गरिदिने प्रयोजनका लागि घुस मागेको सूचनाका आधारमा आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















