एमाले बस्नेतले आफ्नो जन्मदिनकाे अवसरमा कारागारमा रहेका ४ सय जनालाई लत्ताकपडा, खाद्यन्न र स्वास्थ्य सामाग्री बितरण
काठमाडौं, माघ ११ । एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले कारागारमा रहेका ४ सय जनालाई लत्ताकपडा, खाद्यन्न र स्वास्थ्य सामाग्री बितरण गरेर आफ्नो जन्मदिन मनाउनु भएको छ ।पोखरामा सम्पन्न राष्ट्रिय युवा संघ नेपालको सचिवालय बैठकपछि कोरोना संक्रमणमा पर्नुभएका बस्नेत संक्रमणमुत्तः भएपछि आज पहिलो पटक सार्वजनिक काममा निस्कनु भएको हो ।
आफ्नो जन्मदिन पनि आजै परेकोले बस्नेतल काठमाडौंको जगन्नाथदेवलस्थित कारागार कार्यालय, महिला सुधार गृहमा रहेका महिला ३६८, बालबालिका १२ र विदेशी २० जना गरी कुल ४ सय जना बन्दीहरुलाई लत्ता कपडा,स्वास्थ्य सामाग्री र खाध्यान्न वितरण गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























