कपिलवस्तु माघ ७, 
   जिल्ला अदालतद्वारा प्रहरी कार्यालय कपिलवस्तु सम्मानित
तौलिहवा । कपिलवस्तु जिल्ला अदालतले प्रहरी कार्यालय कपिलवस्तुलाई सम्मानित गरेको छ । जिल्ला अदालतबाट विभिन्न मितिमा गरिएका फैसला अनुसार भुक्तान हुनुपर्ने कैद, दण्ड र जरिवाना असुलीमा यो आर्थिक वर्षको हाल सम्म जम्मा ५ सय ७७ जना फरार प्रतिवादी पक्राउ, २०१ वर्ष ११ महिना १२ दिन कैद भुक्तान र रु. ३२ लाख ४२ हजार ८३२ रुपैया जरिवाना असुल उपर गरि फैसला कार्यान्वयमा उच्चस्तरको कार्सम्पादन गरेकोमा सम्मानित गरिएको हो । 

जिल्ला न्यायाधीश  तेजेन्द्र प्रसाद शर्मा पौडेलले  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई स–धन्यवाद सहित प्रशंसापत्र प्रदान गरेका थिए ।अदालतका श्रेष्तेदार उप सचिव सुमन पाण्डेले सम्मानले आगामी दिनमा प्रहरी कार्यालयलाई कार्य सम्पादनमा थप उर्जा प्राप्त हुने आफूले अपेक्षा राखेको बताए ।