पाल्पामा आफ्नै घरको आगनमा लडेर ५९ वर्षीया घर्तीको मृत्यु
बुटवल ।
पाल्पामा घरको आगनमा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवि गाउँपालिका–५ मुझुङकी ५९ वर्षीय गिता घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घर्ती बिहीबार साँझ आफ्नै घरको आगनमा अचानक लडेर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























