काठमाण्डाै – काठमाण्डौको कोटेश्वरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

गएराति सवा ११ बजे प्रदेश ३–०२०२६ प १८२४ नम्बरको मोटरसाइकल टिपरमा ठोक्किँदा मोरङ घर भइ भक्तपुरको सल्लाघारी बस्ने २६ वर्षका अनन्त लिम्बुको ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल ठोक्किएको टिपर भागेकाले नम्बर खुलेको छैन ।

दुर्घटना के कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।