स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षेमता अभिवृद्धि कार्यक्रम सम्पन ।
ज्ञानेश्वर सहानी । पश्चिम नवलपरासी को रामग्राम नगरपालिका वडा नं १ मा रहेको परिवार नियोजन संघ नवलपरासी क़ सभा हल मा “नगरबासीको सरोकार स्वच्छ, पारदर्शी, विकासमुखी स्थानीय सरकार ” भने मुल नारा के साथ ७ दिने स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षेमता अभिवृद्धि कार्यक्रम सम्पन भएको छ l
रामग्राम नगरपालिका स्वास्थ्य शाखाको आयोजना मा ७ दिने स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षेमता अभिवृद्धि कार्यक्रम मा रामग्राम नगरपालिकाको नगर प्रमुख नरेन्द्र कुमार गुप्ता को अध्यक्षतामा कार्यक्रम सम्पन भएको थियो ।
नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले स्वास्थ्यकर्मीहरुलाई समय समय मा क्षेमता अभिवृद्धि कार्यक्रम गर्न जरुरी रहेको बताउनु भएको थियो । पश्चिम नवलपरासीमा पहिलो पटक रामग्राम नगरपालिकाले ७ दिने स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षेमता अभिवृद्धि कार्यक्रम हुन लागको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको भनाई रहेको थियो।
यो तालिम सञ्चालन पश्चात रामग्राम नगरपालिका भित्र रहेको बालबालिका, गर्भवती तथा सुत्केरी महिलाहरु का लागि पोषणको अवस्था सुधार हुने कुरा समेत नगर प्रमुख ले जानकारी गराउनु भएको थियो।
रामग्राम नगरपालिका भित्र रहेको सुत्केरी महिलाहरु को लागि निःशुल्क सेवा दिनको लागि नि: शुल्क एम्बुलेन्स सेवा सञ्चालन यहि माघभित्र एम्बुलेन्स सेवा सञ्चालन हुन लागेको नगर प्रमुख गुप्ता ले जनकारी दिनुभयो छ ।
सम्पन गदै रामग्राम नगरपालिका का नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले प्रमाण पत्र दिई कार्यक्रम सम्पन गर्नु भएको थियो।
रामग्राम नगरपालिकाका स्वास्थ्य शाखा को हेल्थ असिस्टेन्ट सुरज गौतमले ७ दिने स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षेमता अभिवृद्धि कार्यक्रम को बारेमा जानकारी दिनुभएको थियो ।
रामग्राम नगरपालिका का उपमेयर रम्भा कुँवर, रामग्राम नगरपालिका का प्रमूख प्रशासकीय अधिकृत राकेश पाण्डे, जिल्ला स्वास्थ्य कार्यालय परासी का निमित्त प्रमुख ओम प्रकाश पन्थी , जिल्ला स्वास्थ्य कार्यालय परासी का मलेरिया इन्स्पेक्टर देवीलाल पौडेल , सुहरा कार्यक्रम परासी का संयोजक कृष्ण गुरुङ, रामग्राम नगरपालिका का कार्य पालिका सदस्य रोशन शाह , पत्रकार हुसेन अंसारी, ज्ञानेश्वर सहानी तथा रामग्राम नगरपालिका का बिभिन्न स्वास्थ्य चौकी बाट आउने स्वास्थ्यकर्मीहरू लगायतको उपस्थिति रहेको थियो । भने कार्यक्रम संचालक सुक्रौलि स्वास्थ्य चौकी का ईन्जार्च बलराम सापकोटा ले गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























