बारामा बालिकाको हत्या आरोपमा आमा–छोरा पक्राउ
बारा । एक बालिकालाई जबर्जस्ती करणी गरी हत्यामा संलग्न रहेको आरोपमा बारा प्रहरीले एकै परिवारका आमा छोरालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला बारा आदर्श कोतवाल गाउँपालिका–८ टोल कोतवाली निवासी २० वर्षीय छोरा सन्तोष साह कानु र ४० वर्षीय आमा शान्ति देवीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
बारा आदर्श कोतवाल गाउँपालिका–७ की नौ वर्र्षीया बालिकालाई जबर्जस्ती करणी गरी हत्यामा संलग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ । गत पुस २७ गते गाउँपालिका–७ स्थित जमुनीखोलामा बालिकाको शव फेला परेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























