दाङमा एकैरातमा ११ पसलमा चोरी
दाङ –
दाङको तुलसीपुरमा एकैरातमा ११ पसलमा चोरी भएको छ । तुलसीपुर बजारकाे सल्यान रोडमा रहेका ११ ओटा किराना पसलमा चोरी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पसलबाट नगद, रिचार्ज कार्ड, रक्सी लगायत चोरी भएकाे छ । चोरले पौडेल किरान पसल, जुगार एण्ड बुढागाउँ इलेक्ट्राेनिक्स सप्लायर्स, भाग्यलक्ष्मी कन्सर्न,न्यु पञ्चकोसी इन्टरप्राइजेज लगायतका पसलका ताला फोडेका छन् ।
प्रहरीले ताला फोड्न प्रयोग गरिएको दुई थान सरिया समेत फेला पारेकाे छ । इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले क्षतिबारे विवरण सङ्कलन गर्दै अनुसन्धान थालेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























