ज्ञानेश्वर सहानी /नवलपरासी/ २७ पुष

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं १ मा रहेको परिवार नियोजन संघ नवलपरासीको सभाहल मा “नगरबासीको सरोकार स्वच्छ,पारदर्शी,विकासमुखी स्थानीय सरकार “भने मुल नाराको साथ ७ दिने स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिवृद्धि कार्यक्रम शुभारम्भ भएको छ l

रामग्राम नगरपालिका स्वास्थ्य शाखाको ‌आयोजनामा ७ दिने स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिवृद्धि कार्यक्रममा रामग्राम नगरपालिकाको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा कार्यक्रम शुभारम्भ भएको थियो ।

नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले स्वास्थ्यकर्मीहरुलाई समय समयमा क्षेमता अभिवृद्धि कार्यक्रम गर्न जरुरी रहेको बताउनु भएको छ। पश्चिम नवलपरासीमा पहिलो पटक रामग्राम नगरपालिकाले ७ दिने स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिवृद्धि कार्यक्रम हुन लागको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको भनाई रहेको थियो‌।

रामग्राम नगरपालिका भित्र रहेको सुत्केरी महिलाहरुको लागि निःशुल्क सेवा दिनको लागि नि: शुल्क एम्बुलेन्स सेवा सञ्चालन यहि माघभित्र एम्बुलेन्स सेवा सञ्चालन हुन लागेको नगर प्रमुख गुप्ताले जनकारी दिनुभयो छ ।

शुभारम्भ गदै रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले व्यानर पढेर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो।

रामग्राम नगरपालिकाका स्वास्थ्य शाखाको हेल्थ असिस्टेन्ट सुरज गौतमले ७ दिने स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षेमता अभिवृद्धि कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो ।

सुहारा वेश नेपालका संयोजक कृष्ण गुरुङको विशिष्ट अतिथि तथा रामग्राम नगरपालिकाका बिभिन्न स्वास्थ्य चौकीबाट आउने स्वास्थ्यकर्मीहरू लगायतको उपस्थिति रहेको थियो‌ । भने कार्यक्रम संचालक सुक्रौलि स्वास्थ्य चौकीका ईन्जार्च बलराम सापकोटाले गर्नु भएको थियो ।