कमल बिष्ट , कपिलवस्तु । सामाजिक विकास मञ्च नेपाल शिवराज ५ चन्द्रौटा कपिलवस्तुको आठौं साधारणसभा तथा चौथो अधिवेशन चेम्बर अफ कमर्श चन्द्रौटाको सभाहलमा सम्पन्न भएको छ ।

अधिवेशनले रामप्रसाद पौडेलको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ जसको उपाध्यक्षमा बिष्णुप्रसाद अधिकारी, सचिबमा कमला पौडेल, कोषाध्यक्षमा मित्रलाल गिरी , उपसचिवमा अ. माबुद खा र सदस्यहरुमा लेखनाथ घर्ती, मनकला बिक, कमल पाण्डे, गोपाल भाट रहेका छन् भने अधिवेशनले नेत्रराज अधिकारी संयोजक , विष्णुप्रसाद खतिवडा र देवीप्रसाद बेल्बासे सदस्य रहेको तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ ।

संस्थाका अध्यक्ष विष्णुप्रसाद खतिवडाको अध्यक्षता, लुम्बिनी प्रदेशसभा सदस्य माननीय अर्जुनकुमार केसीको प्रमुख आतिथ्यता, शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी थारु, चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष महादेव पोख्रेल, वरिष्ठ उपाध्यक्ष जगत पौडेल, शिवराज १ नम्बर वडाका अध्यक्ष जगतबहादुर जिसी, ५ नम्बर वडा अध्यक्ष अर्जुनबहादुर पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।