ज्ञानेश्वर सहानी /नवलपरासी/ २६ पुष ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ७ उनवछ स्वास्थ्य चौकीमा “नगरबासीको सरोकार स्वच्छ, पारदर्शी,विकासमुखी स्थानीय सरकार” भने मुल नाराको साथ रामग्राम नगरपालिकाद्वारा गर्भवती महिलाहरुलाई नि:शुल्क क्यालसियम चक्कि वितरण कार्यक्रम समपन्न भएको छ ।

रामग्राम नगरपालिका स्वास्थ्य शाखाको ‌आयोजनामा रामग्राम नगरपालिका वडा नं ७ का वडा अध्यक्ष शिव शंकर हरिजनको अध्यक्षता तथा रामग्राम नगरपालिकाको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख अतिथिकतामा क्याल्सियम चक्की दिइएर शुभारम्भ गर्नुभएको थियो ।

नगर प्रमुखले आमा र बच्चाको स्वास्थ्यको लागि गर्भवती महिलाहरूलाई क्याल्सियम चक्की नियमित रूपमा सेवन गर्न जरुरी रहेको बताउनु भएको थियो भने नगरभित्र स्वास्थ्य बालबालिका जन्म होस भनी नगरपालिका चाहना र सङ्कल्प लिएको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको भनाई रहेको थियो‌।

रामग्राम नगरपालिका भित्र रहेको सुत्केरी महिलाहरु को लागि निःशुल्क सेवा दिनको लागि नि: शुल्क एम्बुलेन्स सेवा सञ्चालन यहि माघभित्र एम्बुलेन्स सेवा सञ्चालन हुन लागेको नगर प्रमुख गुप्ता ले जनकारी दिनुभयो छ ।

शुभारम्भ गदै रामग्राम नगरपालिका का नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले आमाको स्वास्थ्य र गर्भ भएको बच्चाको स्वास्थ्यलाई ख्याल गर्नको लागि क्याल्सियम चक्की आवश्यक रहेको बताउनुभयो ।

९० दिन पूरा भएका गर्भवती महिलाहरूलाई आइरन चक्की तथा क्याल्सियम चक्की निःशुल्क बितरण कार्यक्रम सुरु भएको रामग्राम नगरपालिकाका स्वास्थ्य शाखा को हेल्थ असिस्टेन्ट सुरज गौतमले जानकारी दिनुभयो ।

सुहारा वेश नेपालका प्रमुख कृष्ण गुरुङको विशिष्ट अतिथि तथा रामग्राम नगरपालिकाको कार्यपालिका सदस्य रोशन शाह,रामग्राम नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामनरेश राय,रामग्राम नगरपालिका स्वास्थ्य शाखा का हेल्थ असिस्टेन्ट सुरज‌ गाैतम , स्वास्थ्य शाखा का अनिल खड्का ,पत्रकार हुसेन अंसारी,गौरीशंकर जैसवाल ,राज चौधरी,ज्ञानेश्वर सहानी लगायतको उपस्थिति रहेको थियो‌ । भने कार्यक्रम संचालक सुक्रौलि स्वास्थ्य चौकीका ईन्जार्च बलराम सापकोटाले गर्नु भएको थियो।