कपिलवस्तु– ११ जहदीमा २६५ जना जेष्ठ नागरीकहरुलाई कम्बल वितरण
कपिलवस्तु, पौष २६
जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ११ जहदीमा २६५ जना जेष्ठ नागरीकहरुलाई कम्वल वितरण गरिएको छ । अत्याधिक जाडो बढेपछि वडा नं ११ को नगरसभाद्धारा स्विकृत जेष्ठ नागरीक सम्मान कार्यक्रम अन्र्तगत जेष्ठ नागरीकहरुलाई कम्मल वितरण गरिएको हो । जेष्ठ नागरीक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख किरण सिंहले जाडो समयमा जेष्ठ नागरिको स्वाथ्य अवस्थालाई मध्येनजर गरि कम्मल कम्बल वितरण गर्नु आफैमा राम्रो पक्ष रहेको बताए । जेष्ठ नागरीकलाई सम्मानसहित कम्बल वितरण गर्दा चिसो मौसममा केही राहत मिल्ने मेयर सिंहले विश्वास व्यक्त गरे । यो चिसो मौसममा न्यायो कम्बल पाएको भन्दै जेष्ठ नागरीकले खुशी व्यक्त गरेका छन् । कार्यक्रममा उप–प्रमुख लक्ष्मी गुप्ता, कपिलवस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ वडा नं १० का वडा अध्यक्ष मोहन लाल शर्मा लगाएतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमको वडा नं ११ का वडा अध्यक्ष राम गोपाल यादवको अध्यक्षता तथा वडा सचिव सत्य गिरीको संचालनमा सम्पन्न भएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















