राम अवतार चाैधरी ।नेकपाका केन्द्रीय सदस्य भेषराज भुसालका बुवा नीलकण्ठ भुसालकाे श्रद्धाञ्जली सभा कार्यक्रम गरिएकाे छ । जिल्लाको शिवराज नगरपालिका-३, खरेन्द्रपुर निवासी स्वर्गीय भुसालकाे बिहीबार संयुक्त रुपमा श्रद्धाञ्जली सभा कार्यक्रम गरिएकाे बताइएको छ ।

नेकपा(विप्लव), नेकपा(माओवादी केन्द्र) र नेकपा(एस) संयुक्त आयाेजनामा सभा कार्यक्रम आयाेजना गरिएको नेकपा कपिलवस्तुले जनाएकाे छ ।

सभा कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले हाेनहार देशप्रेमी अभिभावक गुमाएको दु:खद भएकाे बताए । शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै जनयुद्धमा एकदमै सर्हनिय भुमिका निर्वाह गरेकाे स्वर्गीय भुसालकाे याेगदानलाई महासचिव चन्दले स्मणर गरे । वर्तमान संस्कृत र कम्युनिष्ट संघर्षबारे उल्लेख गर्दै देशकाे राजनीतिले जनमत संग्रह गर्न जरुरी रहेकाे उनले जनाए । देश बनाउन ६३ प्रतिशत कम्युनिष्टकाे भुमिका रहेकाेले हरेक तवरले शिक्षा, स्वास्थ्य र अन्य सेवासुविधालाई केन्द्रित गरि प्राथमिकतामा राख्नुपर्ने बताए ।

स्व. भुसालले जनयुद्धकालमा गासवासकाे व्यवस्थापनमा एकदमै सकारात्मक भुमिका खेलेकाे महासचिव चन्दले जनाए । श्रद्धाञ्जली मन्तव्यका क्रममा महासचिव विप्लवले सामान्य परिवारमा जन्मिएर पनि सन्तानलाई शिक्षादीक्षा प्रदान गर्न, समाजसेवा, राजनीतिजस्ता सामाजिक काममा लाग्न प्रेरित गर्ने नीलकण्ठ भुसालजस्ता बुबाहरू कमै हुने भन्दै बुबाको प्रशंसा गरे । जनयुद्ध र एकीकृत जनक्रान्तिमा पनि बुबाको निरन्तर महत्वपूर्ण साथसहयोग रहेको महासचिव विप्लवले स्मरण गराए ।

उक्त श्रद्धाञ्जली सभा कार्यक्रममा कमल केसी, कमल चुदाली, राम लाल काफ्ले, बृहस्पति अधिकारी, मिना परियार, राम चन्द्र शाह, केरसिङ अदै लगायत दर्जनाैँ नेताहरुले कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।

केन्द्रीय सदस्य भुसालका ९३ वर्षीय बुबा नीलकण्ठ भुसालको पुस १४ गते बुधबार साँझ शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुरमा निधन भएको थियाे । नेकपाका महासचिव विप्लवकाे अन्तिम संस्कार सहभागीता रहेकाे थियाे । १९८६ सालमा साबिक अर्घाखाँची जिल्ला नुवाकोट गाविस वडा नं. ३ मा नीलकण्ठ भुसालको जन्म भएको थियो । भुसालका तीन छोरा र तीन छोरी छन् । नेकपा नेता भेषराज नीलकण्ठका जेठा छोरा हुन् ।