ज्ञानेश्वर सहानी/ नवलपरासी/ २२ पुस ।

रामग्राम नगरपालिकको स्वास्थ्य शाखाको आयोजनामा पालिका स्तरिय सुक्ष्म योजना तयारी तथा पूर्ण खोप सुनिश्चितता दिगोपनाको लागि अभिमुखीकरण एवं योजना तर्जुमा कार्याशाला गोष्ठी कार्यक्रम सञ्चालन भएको छ।

रामग्राम नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पालिका स्तरिय सुक्ष्म योजना तयारी तथा पूर्ण खोप सुनिश्चितता दिगोपनाको लागि अभिमुखीकरण एवं योजना तर्जुमा कार्याशाला गोष्ठी कार्यक्रम रामग्राम नगरपालिकाको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा सुरु भएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख गुप्ताले यस्ताे विषम परिस्थितिमा आगामी दिनमा कोभिड-१९ रोगबाट नगर वासीहरुलाई संरक्षण गर्न गोष्ठी तालिम जरुरी रहेको बताएका छन्। नगरपालिकाले हरेक समयमा जनताको साथमा रहेको बताउँदै कोभिड-१९ को तेस्रो संक्रमण नेपालमा पनि बृद्धि भइरहेकोले सचेत रहन तथा सम्पूर्ण स्वास्थ्कर्मीहरु लाई जनताको सेवामा खटिन निर्देशन समेत दिएका थिए ।

कार्यक्रममा रामग्राम नगरपालिकाको उप प्रमूख रम्भा कुँवर, निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्र प्रशाद रेग्मी‌‌ तथा रामग्राम नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख राम नरेश रायले मन्तव्य राखेका थिए भने स्वास्थ्य स्वयंसेविकाहरूको कार्यक्रममा सहभागिता रहेको थियो भने गोष्ठी तालिम रामग्राम नगरपालिकाको स्वास्थ्य शाखाका सुरज रायले सहजीकरण गरेका थिए।